काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवालको थप ४ दिन थुना लम्बिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अग्रवाललाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई अनुमति दिएको हो ।

अग्रवाललाई ठगी तथा विश्वासघात अरोपमा प्रहरीले गत सोमबार टोखाबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै अदालतमा पेस गरेको प्रहरीले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको थियो ।

त्यसपछि प्रहरी पुन: बिहीबार अग्रवाललाई अदालतमा उपस्थित गराएको थियो । शुक्रबार अदालतले थप दिन म्याद थप गर्दै प्रहरीलाइ थप अनुसन्धान गर्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाइ सेयर सम्बन्धी ठगी तथा विश्वासघात गरेको अरोपमा पक्राउ गरेको हो । उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।धनुषा जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको परिसरका एक अनुसन्धान अधिकृतले बताए ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर