धनुषा : शहरी विकास मन्त्रालयले जनकपुर उपमहानगरपालिकामा राम सीता विवाहस्थलमा सीतापुष्पवाटिका (मणिमण्डप) निर्माण गरेकाे छ । बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले साे वाटिकाकाे समुद्घाटन गर्नुभयाे । १८ कराेड
९१ लाख ५१ हजारमा साे निर्माण कार्य सम्पन्न गरिएकाे संघीय शहरी तथा भवन निर्माण कार्यालय धनुषाले जनाएकाे छ । आकर्षक वैवाहिक गन्तव्यस्थल बनाउने लक्ष्यसहित साे स्थानमा सुविधासम्पन्न प्यालेस भवनसहित २ वटा धर्मशाला, २ वटा पेभिलियन निर्माण गरिएकाे छ ।

वाटिका समुद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले अहिले विवाह गर्न मानिसहरू विदेश जाने गरेकाे भन्दै त्रेता युगमा राम सीता विवाह भएकाे स्थललाई पूर्वाधार विकास गरि विवाह गर्ने स्थलका रूपमा विकास गर्नुपर्ने बताउनुभयाे । भगवान विश्वकर्माले राम सीताकाे विवाहका लागि मणि जडित मडवा जडान गरेकाे स्थलकाे नाम मणिमण्डप रहन गएकाे किंवदन्ती छ ।

जलेश्वरमा बहुउद्देश्यीय व्यापारिक भवन
महाेत्तरीकाे जलेश्वरमा शहरी विकास मन्त्रालयले तीन तल्ले सुविधासम्पन्न बहुउद्देश्यीय व्यापारिक भवनकाे पनि आज उपप्रधानमन्त्री सिंहले समुद्घाटन गर्नुभएकाे छ । १४ कराेड ६५ लाख लागतमा निर्मीत साे भवन निर्धारित समयमै निर्माण सम्पन्न भएकाे हाे । भुईँ तलामा स्थानीय उत्पादन तथा खुला बजार, पहिलाे तलामा १५ वटा व्यापारिक सटर र तेस्राे तल्लामा डिपार्टमेन्ट स्टाेर, एउटा रेस्टुरेन्ट, एउटा कन्फ्रेन्स हल रहनेछ ।

बहुउद्देश्यीय व्यापारिक भवनकाे समुद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले यसले साे क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयाेग पुर्याउने विश्वास व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर