काठमाडौं : सर्वोच्च अदालतले तत्कालिन केपी शर्मा ओली सरकारले गरेको ५२ संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति सदर गरेको छ । संवैधानिक इजलाशमा न्यायाधीशहरूबीच राय बाझिएको थियाे । तर, फैसला भने आयाेगका नियुक्ति विरूद्दकाे रिट खारेज भएसँगै सरकारले गरेको नियुक्ति सदर भएको छ।
न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र मनोज शर्माले रिट खारेजको पक्षमा राय दिएका हुन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र नहकुल सुवेदीले रिट जारी हुनुपर्ने मत दिएका छन्।



