काठमाडौं। केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन्।

मंगलबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेलमा एपीएफ एफसी र संकटा एफसी तथा मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीच प्रतिस्पर्धा हुनेछ।

बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा एपीएफ एफसी र संकटा एफसी भिड्ने छन्।

केपी ओली मछिन्द्र एफसी र ट्रान्सपोर्ट युनाइटेड एफसी भुटानबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ।

हिजो भएको दुई खेलमा केपी एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरिसकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको