काठमाडौं। चलचित्र ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले आफूले चलचित्र निर्माणका लागि कुनै सम्झौता नगरेको बताएका छन्। बजेट, लोकेसन र समयमा आफूले कुनैपनि सम्झौता नगरेको बताएका छन्।

रियलस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा पहिलो लगानी हो। यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन्।

‘लाज शरणम्’को टिम र मेहनत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ। अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हटदिन चलचित्रमा लगानी गरिरहने हो,’उनले भने।

रियलस्टेटको व्यापार केही सुस्ताएको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ। आफू चलचित्र क्षेत्रमा आउनुको अर्को पनि कारण रहेको उनले बताए।

‘विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो। विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ,’ निर्माता नवीन भन्छन्,‘हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ। यसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ। यसतर्फ हामीले आ–आफ्नो ठाउँबाट सोच्नुपर्छ।’

नेपाली चलचित्रलाई डलर भित्र्याउने माध्यमका रूपमा कलाकार, निर्माता र सरकार सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड छ। चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदैछ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन्। चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।

विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ। जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको