काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा टिकट मुल्य १०० प्रतिशतले बढेको छ।

प्रतियोगिताको टिकेटिङ पार्टनर खल्तीका अनुसार बुधबार हुने फाइनलका लागि टिकट दर साधारणतर्फ १००० हजार र भिआइपीतर्फ २००० तोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न यसअघि प्रतियोगिता अन्तर्गत लिग चरणका खेलमा ५०० र १००० रुपैयाँ थियो।

प्रतियोगिताको फाइनलमा नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन्। नेपाल समूह उपविजेता हुँदै फाइनल पुगेको हो भने म्यानमार विजेता बन्दै फाइनल यात्रा गरेको हो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको