काठमाडौं। नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २–० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाएको थिए। जिलेस्पी जंग कार्कीले बायाँ विंगबाट दिएको क्रसलाई नवयुगले पहिलो टचमै गोलको दिशा दिएका थिए।

पहिलो हाफमै पुलिसको बराबरी गर्ने प्रयासमा क्रसबार बाधक बन्यो। ४३ औं मिनेटमा संजीव लामाले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार क्रसबारमा लागेको थियो।

८० औं मिनेटमा आर्मीको आक्रमणमा रहेका चारै खेलाडी आवद्द मुभमा अग्रता दोब्बर भयो। निराजन धामीले मिडफिल्डमा खोसेको बल बक्सभित्र लगेर कटब्याक गरे। त्यसमा जिलेस्पीको प्रहार गोलरक्षक शत्रुघन चौधरीले बचाए। फुस्केको बललाई नवयुगले लो क्रस दिँदा दिनेशले फिनिस गरे।

आर्मीले अब सेमिफाइननलमा भोलि हुने संकटा र एपिएफको विजेतासँग खेल्नेछ। आज हुने दोस्रो क्वाटरफाइनलमा आयोजक केपी एफसी र एनआरटीबीच खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको