काठमाडौं । नेपाल सुपर लिगको मिनी अक्सनमा ८ खेलाडी सर्वाधिक मूल्य चार लाख रुपैयाँमा बिक्री भएका छन्।

तेस्रो संस्करणको सुपर लिगमा धेरैजसो टिमले अक्सनमार्फत् गोलकिपर र नेपाली फरवार्ड किन्न चासो नदेखाउँदा नवयुग श्रेष्ठ र भरत खवाससमेत अनसोल्ड भए।

अक्सनमा ८ खेलाडी सर्वाधिक मूल्य ४ लाखमा बिक्री भए। मणिकुमार लामा सर्वाधिक मूल्यमा बिक्री हुने पहिलो खेलाडी बनेका छन्। उनलाई चितवन र ललितपुरले अन्तिम समयसम्म पनि बोली लगाएका थिए। त्यसमा ललितपुरले गाेलाप्रथाबाट जितेको हो। अधिकतम मूल्यमा बिक्री हुने खेलाडीमा सन्ताेष खत्री, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पी जंग कार्की र सुमित श्रेष्ठ पनि रहे।

खेलाडी किन्नका लागि सबै टिमलाई २२ लाख पर्स मनी उपलब्ध गराइएको थियो। सो रकममा सातै टिमले खेलाडी खरिद गर्दा ललितपुरले भने २५ हजार धेरै खर्च गरेको थियो। मिलन राई अक्सनमा बिक्ने पहिला खेलाडी बने भने सन्तोष खत्री अक्सनमा बिक्ने अन्तिम खेलाडी बनेका थिए।

एक लाख ५० हजार आधार मूल्य भएका मिलन राईलाई ६ टोलीले बोली लगाएका छन्। गोलाप्रथाबाट उनलाई चितवनले २ लाखमा पाएको हो। पोखरा थन्डर्स र झापाले भने एनआरएन खेलाडी लिने भएको कारण सबै रकम खर्च गरेनन्।

अक्सनमा टिमहरूले गोलकिपर किन्न चासो देखाएका थिएनन्। विकेश कुथु, दीप कार्की, विशाल सुनार, जियारत शेख अनसोल्ड भएका थिए। तर, दीप र जियारत विसलिस्टबाट क्लबमा अनुबन्ध भएका हुन्।

काठमाडौंले मेघ राज केसीलाई टेक्निकल डाइरेक्टरका रूपमा अक्सनमा प्रस्तुत गरेको थियो। काठमाडौंले विदेशी प्रशिक्षक ल्याउने तयारी गरेको जानकारी दिएको छ। भोला सिलवाल धनगढी सिटीका सहायक प्रशिक्षक बनेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको