काठमाडौं । भारतले च्याम्पियन्स ट्रफीमा विजयी सुरुआत गरेको छ।

युएईमा बिहीवार बंगालादेशलाई ६ विकेटले हराउँदै भारतले सुखद सुरु गरेको‌ हो।

बंगलादेशले दिएको २२९ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४६.३ ओभरमा ४ विकेट गुमाउँदै २३१ रन जोडेर जित निकाल्यो।

भारतलाई ओपनर गिल र केएल राहुलले सम्हालेका थिए। १२९ बल खेलेका गिलले ९ चौथो र २ छक्का प्रहार गरे। अर्का ओपनर तथा कप्तान रोहित शर्माले ३६ बलमा ७ चौकासहित ४१ रन, विराट कोहलीले २२, श्रेया ऐयरले १५, अक्षर पटेलले ८ रन बनाए।

बंगालादेशका रोसिद होसेनले २, तस्किन अहमद, मुस्ताफिजुरले समान १ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगालादेश ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको