काठमाडौँ। ओपनर विल योङ र टोम लाथमको शतक प्रेरित न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको विजयी सुरुवात गरेको छ।
डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि न्युजिल्याण्डले बुधवार भएको प्रतियोगिताको पहिलो खेलमा ६० रनको फराकिलो जित हासिल गरेको हो।
न्युजिल्याण्डले दिएको ३२१ रनको फराकिलो लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमा समेटियो।
पाकिस्तानका लागि ओपनर बाबर अजामले सर्वाधिक ६४ रन जोडे। उनले ९० बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे। सलमान अलि आगाले २८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रन जोडे।
खुशदिल शाह , फखर जमाम २४ रनमा आउट भए । न्युजिल्याण्डका लागि विल ओरोक र कप्तान मिचेल सान्टनरले समान २ तथा नाथन स्मिथ र मिचेल ब्रेसवेलले समान १ विकेट लिए।
त्यसअघि पाकिस्तानको कराँचीस्थित नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २० रनको बलियो योगफल तयार गरेको थियो।



