काठमाडौं। कप्तान लियोनल मेस्सीको निर्णायक गोल इटर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको पहिलो चरणको पहिलो लेगमा कठिन जित दर्ता गरेको छ।
चिल्ड्रेन मर्सी पार्कमा बिहीबार स्पोर्टिङ कान्सास सिटीविरुद्ध पाहुना टोली मियामी १–० ले विजयी भयो।
उसका लागि कप्तान लियोनल मेस्सीले खेलको ५६औं मिनेटमा सर्जियो बुस्केट्सको पासलाई पोस्टको दिशा दिए।
अब दोस्रो लेग मियामीको घरेलु मैदान चेज रंगशालामा फेब्रीवरी २६ मा खेल्नेछ।



