काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका छन्
आइतबार सिहंदरबारमा संसदलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने विषयमा सचेतकहरुसँग छलफल गरेका हुन्।
बैठकपछि गठबन्धन दलका मुख्यसचेतक महेश बर्तौलाले गत २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकलाई लिएर संसदमा उठेको भन्दै त्यसलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए।
उनले भने,‘अस्ति २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकको बारेमा केही विषय बाँकी थियो। समितिको तर्फबाट एउटा प्रतिवेदन पेस भएको थियो। त्यसका सम्बन्धमा केही मान्यज्युहरुले अझ समृद्ध बनाउन सुझाव दिनु भएको छ । तीनै विधेयकलाई लिएर संसदमा उठेको कुराहरुलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने नै छलफल भयो।’
त्यस्तै प्रमुख प्रतिपक्षदलका प्रमुख सचेतक हितराज पाण्डले सरकारले संसदको विधि, अभ्यास र प्रकृयालाई मिचेर विधेयक ल्याएको भन्दै सोही विषय छलफलमा राखेको बताए।
उनले भने,‘सरकारले जसरी हाम्रो संसदको विधि,अभ्यास र प्रकृयालाई मिचेर अध्यादेश ल्याएको छ । यो विषयमा हुँदैन भनेर हामी प्रतिपक्षदलको हैसियतले राखेको छौं। फेरी पनि संसदलाई अगाडि बढाउनुपर्छ। भन्ने कुराकानी छ। बाँकी कुरा संसदमालाई कसरी अगाडि लाने भन्ने नै छ।’



