काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ।

धरान रंगशालमा शनिबार सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो।

एनआरटीकाे जितमा हेनरी पोकुले दुई गोल गरे। त्यसअघि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो।

खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। तर, दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए।

पहिलो हाफ १–१ को बराबरीमा सकियो। दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पारेको थियो। हेनरीले ५७औं मिनेटमा गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए र त्यही गोल नै जितमा निर्णायक बन्यो।

एनआरटीले लगातार दोस्रो र समग्रमा तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो। एनआरटीले पहिलो २०६४ सालमा बुढासुब्बा जितेको थियो।


प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको