काठमाडौं । नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ।

आइतबार घरेलु मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५ रनले पराजित गरेको हो।

खेलमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन मात्र सफल भयो ।

नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्। उनले ३२ बलमा एक छक्का प्रहार गरिन् । ओपनर सम्झना खड्काले २५ बलमा चार चौकासहित २३ रन थपिन्। यस्तै, पूजा महतोले १८ रन बनाउँदा कविता जोशीले १४ र सीता रानामगरले १० रन जोडेका थिए।

नेदरल्यान्ड्सकी एरिस ज्विलिङ, हिथर साइगेर्स र क्यारोलिन डे लिंगेले समान दुई विकेट लिइन् । यस्तै, इभा लिंक र इसाबेल भान डेर वोनिङले एक–एक विकेट लिइन्।

नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको