काठमाडौं ।  महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो। नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो।

पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन्।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको