काठमाडौं । महिला त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन्।

घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो। यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ। सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको