काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ।

यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ। चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर