रौतहट । रौतहट प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको गाईलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यलय रौतहटबाट खटिएको गस्ती टोलीले राजपुर नगरपालिक वडा न ३ फतुवाबाट ६ वटा गाई नियन्त्रणमा लिएको हो।
नेपालबाट अबैध रूपमा गाई भारत तर्फ लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए।
उनका अनुसार प्रहरी टोलिलाई देख्नसाथ तस्करहरु भागेका हुन् । प्रहरीले नियन्त्रणमा लिएको गाईलाई गौर भन्सार कार्यलयमा बुझाएको छ।
भारतबाट नेपालमा वा नेपालबाट भारत वैधानिक तरिकाले पशुचौपाय लैजादा क्वारेन्टाईनमा परिक्षण गरी स्वस्थ रहेमा मात्र लान पाउने नियम छ।
वैधानिक तरिकाले ल्याउँदा प्रक्रिया झन्झटिलो हुने भएकाले सीमा क्षेत्रमा पशुचौपाय अवैध तस्करी हुने गरेको स्थानियहरु बताउँछन्। नेपाल भारत सीमा नाकामा प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ रहेका कारण तस्करहरु पशुचौपाय छोडेर भाग्ने गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।



