काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार पुगेको छ। अघिल्लो दिनको तुलनामा एक हजार ९ सय रुपैयाँले बढेको हो। आज सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन प्रतितोला एक हजार ८ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर एक हजार ८ सय ९५ रुपैयाँ पुगेको छ।



