काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना फेरि बराबरीमा रोकिएको छ।
शनिबार राति सम्पन्न खेलमा बार्सिलोना गेटाफेसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
बार्सिलोनाले खेलको नवौं मिनेटमा जुलेज कोउन्डेको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन भने असफल भएको थियो।
गेटाफेका लागि खेलको ३४औं मिनेटमा माउरो आरामबारीले बराबरी गोल गरेका थिए।
यो बराबरीपछि बार्सिलोनाको २० खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी २० खेलमा २० अंक जोडेको गेटाफे १६औँ स्थानमा छ।



