हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका खेलकुद विकास समितिले छैटौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार दिक्षान्स खड्कालाई सम्मान गरेको छ।

उनलाई मंगलबार सम्पन्न पाँचौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिताको समापन समारोह नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो।

संचारकर्मी खड्काले हेटौंडामा रहेर बकैया क्षेत्रको हरेक खेलकुद गतिविधिलाई खेलाडी तथा जनमानसमा सम्प्रेषण गरेको भन्दै सम्मान गरिएको बकैया गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले बताए।

खड्कालाई बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने लगायतले सम्मानपत्र हस्तान्तरण गरेका हुन्। खड्काले मकवानपुरको खेल क्षेत्रको समाचार सम्प्रेषण गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको