गौर । रौतहटको यमुनामाइ गाउँपालिकाको बमनहर चोकबाट प्रहरीले भन्सार छली गरेर ल्याएको चिनी र कपडा बरामद गरेको छ। भारतबाट अवैध रुपमा नेपाल ल्याएर विभिन्न सवारीमार्फत लैजान लागेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार यमुनामाइ गाउँपालिका वडा न ४ बमनहर चोकमा सवारी चेकजाँच गर्ने क्रममा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यलय र मातहत बाट खटिएको टोलिले विभिन्न सवारी र पैदल यात्री लाई चेकजाँच गर्ने क्रममा फेला परेको उनले जानकारी दिए।

प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना १ ह ७२०८ को अटो रिक्साबाट एक लाख ३७ हजार ५ सय २१ रुपैया बराबरको चिनी र कपडा बरामद गरेको उनले बताए। अटो रिक्साको मूल्याकंन २ लाख गरि तिन लाख ३७ हजार ५ सय २१ रुपैया कायम गरि गौर भन्सार कार्यालयमा बुझाइएको रौतहटका प्रहरी निरीक्षक महतोले बताए पछिल्लो समयमा भारतसंग सिमा जोडिएको रौतहटमा विभिन्न नाकाबाट अवैध रुपमा विभिन्न सामनहरु तस्करी हुने गरेको छ।

भारतीय बजारको विभिन्न सामाग्री बिना भन्सार रौतहटको चन्द्रपुर, कटहरिया, गरुडा पुग्ने गरेको केही व्यापारीले बताएका छन्। विभिन्न नाकाबाट तस्करीको माध्यमबाट नेपालमा सामन भित्रन थालेपछि सरकारको राजस्वमा समेत प्रभावित हँुदै आएकोे छ।

लक्ष्मीपुर बेलबिछवा, महादेव पट्टी, टिकुलिया बाँध, लालबकैया, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बंकुल र नरकटिया भएर तस्करहरूले विभिन्न सामाग्री तस्कर गर्ने गरेको पाइन्छ। लताकपडा, श्रृंगारका सामन, ईलोक्ट्रोनिक्स उपकरण र खद्यान्न लगायतका सामनहरुको तस्करी समेत बढेपछि रौतहट प्रहरीको टोलीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको