काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ ९एन्फा०का अनुसार प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागी हुनेछन्।

नेपालले फोर नेसन्स कपलाई एएफसी महिला एसियन कप २०२६ को छनोटको तयारीका रूपमा लिएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको