विराटनगर : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायपरिषद् निष्पक्ष र स्वतन्त्र रहेकाे दाबी गरेकी छन् । शनिबार विराटनगरमा नेपाल बार एशोसिएशन कानुन व्यवसायी महिलाको ३१औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानले यस्ताे दाबी गरेकी हुन् ।
`न्यायपरिषद् निष्पक्ष र स्वतन्त्र छ, महिला कानुन व्यवसायीले आफ्नो क्षमता आफैँले उजागार गर्न क्षमता र दक्षतालाई निर्खानुपर्ने आवश्यकता छ ´, न्यायाधीश प्रधानले भनिन् ।

समानता र समावेशिताको विषय सिद्धान्तमा मात्रै नभइ व्यावहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा पनि उनले जोड दिइन् । महिला कानून व्यवसायीले आफ्ना क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै लैजानुपर्ने पनि उनले सुझाव दिइन् ।`अदालत अहिले प्रविधियुक्त्त बन्दै गएकाे छ । सबै कानुन व्यवसायीहरु प्रविधिमा जोडिन आवश्यक छ,´ उनले भनिन् ।

सर्वोच्च अदालतकी अर्की न्यायाधीश न्यायाधीश सारङ्गा सुवेदीले आफू अनुकूल फैसला भएमा मात्र न्याय हुने सोचमा परिवर्तन हुन जरुरी भएको बताए । न्याय सम्पादनमा असर पर्न नदिन कानुन व्यवसायीले आफ्ना कमी कमजोरीलाई हटाउनुपर्नेमा उनकाे जाेड थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको