काठमाडौं : पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपन अध्यक्ष रवि लामिछाने सांसदबाट निलम्बित भएका छन् । सहकारी ठगि, संगठित अपराध र सम्पत्ति शुद्धीकरणकाे मुद्दा जिल्ला अदालत कास्कीमा दायर भएपछि उनी निलम्बनमा परेका हुन् ।
यसअघि उनी दनेहोरो नागरिकताका कारण पदमुक्त भएका थिए भने यसपटक रास्वपा सभापति लामिछाने सम्पति शुद्धीकरणको मुद्धालगायतले निलम्बनमा परेका हुन । सहकारी ठगि प्रकरणमा पक्राउ परेका उनी अझै कास्की प्रहरी हिरासतमा छन् । नेपालकाे संसदीय इतिहासमा यसरी दुई पटक एउटै सांसद निलम्बनमा परेकाे याे पहिलाे घटना हाे । रास्वपा अहिले २१ सिटसहित संसदमा चाैंथाे ठुलाे शक्ती हाे ।
हेर्नुस् संसदले निलम्बन गरेकाे पत्र





