काठमाडौँ । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको साेमबार विहान निधन भएको छ । शक्ति समूहकी संस्थापक दनुवारको सोमबार बिहान निधन भएको उनका पति नृप दनुवारले जानकारी दिए ।
बिहान ५ बजे घरमा अचेत अवस्थामा भेटेपछि अस्पताल पुर्याइएको उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए । पछिल्लने समय सुनितन फाउन्डेसनमार्फत सामाजिक काममा सुनता सक्रिय थिइन् । अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’को सम्मान समेत प्राप्त गरेकी थिइन् ।



