काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन्।
सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन उनी मोरक्को गएका हुन्। डिसेम्बर २० देखि २२ सम्म राजधानी रबाटमा आयोजना हुन गइरहेको सोसलिस्ट इन्टरनेसनल काउन्सिलको बैठकमा सहभागी हुन मोरक्को गएका उनको सचिवालयले जनाएको छ।
सोसलिस्ट इन्टरनेसनल काउन्सिल विश्वभरका लोकतान्त्रिक समाजवादी दलहरूको संगठन हो।



