काठमाडौ : नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित उदय शमशेर राणाले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीलाई समयानुकूल बनाउँदै संगठन सुदृढीकरण र देशको समृद्धिका लागि नवनिर्वाचित जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राणाले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टी रूपान्तरण र नेपाली कांग्रेसको लोकतान्त्रिक भविष्यसँग जोडिएको साझा दायित्वका रूपमा प्रस्तुत गरेका छन्।उनले लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सम्पूर्ण उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, —प्रतिस्पर्धामा अनेक विचार, तर पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता,’ राणाले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।महाधिवेशनबाट प्राप्त विश्वासलाई संगठन सुदृढीकरण, पार्टीलाई जनउत्तरदायी बनाउने अभियान र समुन्नत नेपाल निर्माणमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै राणाले सबैलाई सहकार्यका साथ अघि बढ्न आह्वान गरेका छन्।

उनको सन्देशले महाधिवेशनको प्रतिस्पर्धापछि पार्टीभित्र आपसी सम्मान, सहकार्य र साझा उद्देश्यलाई प्राथमिकता दिने धारणा व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको