काठमाडौ । नेपाली कांग्रेस १५ ओैँ महाधिवेशन आयाेजक समितिका संयाेजक डा शशांक काेईरालाले आफूलाई लागेकाे विश्वासमा अडिग रहन सक्नु नै राजनीतिकाे मुख्य आधार मान्नुपर्ने बताउनुभएकाेछ । काठमाडौ जिल्लाकाे ४ नम्वर क्षेत्रकाे क्षेत्रिय अधिवेशन उदधाटन गर्दै राजनीतिमा सत्यमा रहेर मात्र नहुने भन्दै सत्यमा रहदा आउने मूल्य चुकाउन तयार हुनुपर्ने बताउनुभयाे ।

उहाँले राजनीति सत्ताकाे भाग गर्न नभई जनताकाे सेवाका लागि भएकाे बताउनुभयाे । उहाँले सत्ताकाे दुरूपयाेग गर्नेले राजनीतिमा आउन नहुने बताउनुभयाे । डा काेईरालाले मुल्यमान्यता विधि पद्धतिकाे राजनीति पछि पर्दै सत्ता शक्ति र पैसा राजनीतिमा हाबि हुँदा चुनावहरू मंहङ्गाे बन्दै गएकाे बताउनुभयाे ।




