काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य दुई सय रुपैयाँले बढेर तोलामा एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर