काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेल सकिएसँगै आज (शुक्रबार) कुनै खेलको तालिका छैन्।

बुधबार इलिमिनेटर र पहिलो क्वालिफायरका दुई खेल हुँदै छन्।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा इलिमिनेटर खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ९ बजेदेखि सुरु हुनेछ।

अंक तालिका अनुसार चितवन तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानमा कर्णाली छ।

समान आठ अंक भए पनि काठमाडौं गुर्खाज भने रनरेटका आधारमा प्लेअफबाट बाहिरी सकेको छ।

कर्णालीका कप्तान सोमपाल कामी र चितवनका कप्तान कुशल मल्ल रहेका छन्।

त्यस्तै बुधबारको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरको भिडन्त हुनेछ। यो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

सुदूरपश्चिम सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको हाे भने समान खेलबाट १० अंकसहित जनकपुर तालिकाको दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको