बेइजिङ : नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदै सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको सचिवालय स्रोतले जनाएको छ ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र चीनका प्रधानमन्त्री छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो ।

के छ सहमतिमा ?
नेपालबाट परराष्ट्रसचिव र सचिवले हस्ताक्षर गरेका सहमतिपत्रमा प्राविधिक तथा आर्थिक सहायता, नेपालका उत्पादन निर्यात, केही परियोजना निर्माणलगायतका विषयहरू समावेश छन्।
यि हुन् समझदारीका बुँदा :
१. टोखा-छहरे सुरुङ निर्माणसम्बन्धी पत्र आदनप्रदान
२. नेपाल–चीन ब्यापार अभिवृद्धिबारे समझदारीपत्र
३. वसन्तपुर ९ तल्ले दरबार निर्माण सम्पन्न भएको पत्र आदानप्रदान
४. भैंसीरराँगाको प्रशोधित मासु निर्यातसम्बन्धी प्रोटोकल
५. विकास योजनासम्बन्धी समझदारी पत्र
६.आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
७. नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
८.स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारीपत्र



