काठमाडौं । अनलाइन सट्टेबाजीको प्लेटफर्म वानएक्स वेटका एक एजेन्ट पक्राउ परेका छन्।

ललितपुरको महालक्ष्मी नगरपालिका-१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए।

उनले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको आचार्यले बताए। आरोपी वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको