काठमाडौं : शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच उहाँलाई विदाई गर्नुभएको होे । ०५२ सालमा सेवाप्रवेश गर्नुभएका गेलाल ५८ वर्षे उमेर हदका कारण बुधबारबाट सेवानिवृत्त हुनुभएको छ ।

उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भएपनि स्मरणीय रहेको बताउनुभयो । उहाँले गेलालको व्यवसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन राम्रो होस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना विताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको