काठमाडौं । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । सरकारले भन्सार घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको भाउ करिब १६ हजार रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर