काठमाडौं : उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल संसारलाई देखाउन सक्ने सम्पदाहरुले भरिपूर्ण देश भएको बताउनुभएको छ । सोमबार विश्व शहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बाल्दै उहाँले पुर्खाहरुले नेपाललाई सुन्दर शहरहरु दिएर गएको बताउनुभयो ।

‘संसारलाई देखाउनसक्ने सम्पदाले भरिएको देश हो नेपाल । पुर्खाले छाडेर गएका ती सम्पदालाई राम्रोसँग व्यस्थित गरेर संसारलाई चिनाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले विगतमा अहिलेको काठमाडौं काष्ठमाण्डपका रुपमा रहेको सन्दर्भ चर्चा गर्दै तत्कालिन समयमा काष्ठमण्डप आर्थीक गतिविधिको केन्द्र रहेको स्मरण गर्नुृभयो । उपत्यकाभित्र पशुपतिनाथ मन्दिर, बौद्ध स्तूपा, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, हनुमान ढोका दरबार र स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचीमा समावेश छन् । यीनै सम्पदाको जगेर्ना गर्दै पर्यटक आकर्षित गर्न सकिने भन्दै उहाँले व्यवस्थित शहरीकरणमा आफ्नो जोड रहेको बताउनुभयो ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दिर्घकालिन रुपमा असर गर्ने भएकाले नीतिगत कुरामै जोड दिएको भन्दै उहाँले शहरी नीति ०८१ मन्त्रिपरिषद्मा अन्तिम चरणमा रहेको जानकारी गराउनुभयो । शहरी नीति मन्त्रिपरिषद्बाट स्विकृत भएलगत्तै त्यसलाई कार्यान्वयनमा लैजानका लागि आवश्यक पर्ने ऐन बनाउन तदारुकताका साथ मन्त्रालय अघि बढिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले युवाहरुसँग नयाँ आइडिया हुने भन्दै योजना निर्माणको प्रक्रियामा युवा र स्थानीय तहलाई भूमिका दिनुपर्नेमा जोड दिनुभयो । युवा उत्प्रेरित स्थानीय योजना र प्रयास ट्ठ जलवायुमैत्री दिगो आवास र शहरी विकास नाराका साथ यस वर्षको विश्व शहर दिवस र विश्व शहर योजना दिवस मनाइएको हो । कार्यक्रममा यसवर्षको उत्कृष्ट शोधपत्रका लागि पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रवल दाहाल र ख्वप इन्जिनियरिङ कलेजका विराट शाक्यलाई उत्कृष्ण शोधपत्र पुरस्कार वितरण गरिएको थियो । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज (रुप्सन)ले उत्कृष्ट सोधपत्र पुरस्कारको संयोजन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको