काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छन्।

सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए। पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो।

स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ। डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन्। स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ। नामिबियाको १२ खेलमा १० अङ्क छ। ओमानको ९ खेलको ८ अङ्क छ। पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको