काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न ५ हजार राशीको पुरस्कारकै घोषणा गरेको छ । मोटरसाइकलमा ठूलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन प्रोत्साहन गरिएको छ ।
सूचना पाएपछि ठूलो आवाजमा मोटरसाइकल चलाउने चालकलाई कारबाही गरिने छ । जरिवाना तिराइने छ । जो कसैले पनि सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन् ।
नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनमा असर पुगेको बताएको छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ ।
यस अभियानबाट गोकर्णेश्वर क्षेत्रको ध्वनीको वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ। केही चालकहरुलाई ह्वाट्सएपमा आएको भिडियोका आधारमा कारवाही समेत शुरु भइसकेको छ। सूचना दिनेको नाम गोप्य राख्ने प्रावधानले यस अभियानमा सर्वसाधारणको सहभागिता बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।



