काठमाडौं । समित तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।

न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे ।

जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहिन छ। खेलको ३२औं मिनेटमा समिरको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा याङ चाओजिङ गोल गर्दै ताइपेइलाई खेलमा फर्काउने प्रयास गरेका थिए। निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा समिरले ह्याट्रिक पूरा गर्दै नेपाललाई सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको