काठमाडौं : काठमाडाैंकाे शंकरापुर नगरपालिकामा पर्ने जहरसिंह पौवा चौकी भञ्ज्याङ् धारापानी भोटेचौर मेलम्ची राजमार्गमा पर्ने चौकी भञ्ज्याङ् पहिरो कारण सडम भासिएकाे छ । सडक अवरुद्घ हुँदा सवारी, पैदल यात्रुलाई समस्या भएकाे छ ।

अविरल वर्गाका कारण साे क्षेत्रमा रहेकाे गुरुङ समुदायको बस्ती नै जाेखिममा परेकाे छ । बिद्युत लाईन समेत अवरुद्घ भएकाे छ । शंकरापुर नगरपालिका वडा नं २ का अध्यक्ष रत्नबहादुर थिङले विग्रिएकाे सडकका बारेमा सम्बन्धित निकायमा जानकारी गराइसकिएकाे बताएका छन् । वडाबाट विज्ञप्तिनै जारी गरेर उनले सडक निर्माणकाे पहल भइरहेकाे र आजबाट विद्युत लाइन सञ्चालन हुने बताएका छन् ।

` उक्त सडकको विषयमा सम्बन्धित निकायसँग पहल तथा एस्को मर्मत तथा बैकल्पिक उपाय बारेमा वडा तथा नगरपालिकामार्फत काठमाडौ सडक डिभिजन कार्यलय बानेश्वर , तथा केन्द्रिय बिपत ब्यबस्थापन महाशाखा लगायत जनस्तर , स्थानीयस्तरबाट समेत यस्को लागि सक्दो पहल कदमी भैरहेको र आज देखि बिधुत लाईन सचालन हुने सबैमा जानकारी दिन चाहान्छौ,´ वडा अध्यक्षकाे विज्ञप्तिमा भनिएकाे छ, ` निकट भबिस्यमा यो सडक निर्माणकार्य तत्काल अगाडि बढ्छ । यसको सम्भाव्यता अध्यन गरि तत्काल निर्माणकार्य गर्न बिज्ञ टोलि समेत अवलोकन गरिएको हुँदा उक्त सडक कारण सिन्धुपाल्चोक ,नुवाकोट धारापानी पटाप क्षेत्र आसपासमा पर्न गएको आवतजावत असुबिधा प्रती शखरापुर नगरपालिका वडा न २ दुखित छ ! बैकल्पिक सडक चौकी भञ्ज्याङ् गुरुङ गाउँ पटाप सडक हुँदै भोटेचौर जानू हुन सबै मा जानकारी गराउदछौ ।´

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको