काठमाडौं । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ।

२३८ रनको लक्ष्य पछ्याएको अमेरिका १९ रनले पराजित भएको हो।

टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिका २३८ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो।

अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।

नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुई÷दुई विकेट लिए।

सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए ।

नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर