काठमाडौं । ‘तेक्वान्दोन्दो नै छोड्छु होला। न यसमा भविष्य छ न कुनै आम्दानी’ तेक्वान्दो खेलाडी सागर गुभाजुको मनमा केही वर्ष अगाडि आएको सोचाइ हो यो। तेक्वान्दोमा नै सुन्दर भविष्य देखेका उनलाई बीचमा केही डर उत्पन्न भएर खेल देखि नै टाढा भए। तर, अहिले यही खेलबाट नै भविष्य खोज्ने उनको योजना छ। नेपाली तेक्वान्दोका लागि धेरै मेडल जितेका उनको अबको लक्ष्य भनेको आफू जस्तै खेलाडी उत्पादन गर्नु हो। त्यसका लागि अहिले उनी एउटा सुन्दर योजना कोर्दै छन्।

‘खेलाडी हुँदा मैले देशका लागि धेरै मेडल जितेकाे छु। धेरै प्रतियोगिता जितेको छु। यो अनुभवलाई म खेर जान दिने छैन। मेरो सबै अनुभव लगानी गरेर जति सक्यो धेरै खेलाडी उत्पादन गर्ने छु, सगरले भने।’

सागर अहिले अमेरिकामा तेक्वान्दो एकेडेमी खोल्ने योजनामा छन्। आफू तेक्वान्दो मै रमाउने योजना बुनेका उनी नेपाली खेलाडीलाई पनि सहयोग गर्ने बताउँछन्। सानैदेखि आफुले गरेको दुख र नेपाली खेलकुदमा खेलाडीले गर्नु पर्ने मेहनतको बारेमा राम्रो जानकार छन्। ‘मेरो खेल जीवनमा जति दु:ख गर्नु परेकाको थियो, अब आउने खेलाडीलाई त्यो दु:ख गर्न नपरोस् भन्ने मेरो चाहना हो। मैले केही खेलाडीलाई मात्र सहयोग गरेर देशले पदक जित्छ भने मेरो लागि ठूलो कुरा हुनेछ, सागरले भने।’

अमेरिकामा बस्दै सागर अहिले नेपाल आएर तेक्वान्दोमा रहेका आफ्ना साथीहरूसँग भेटमा ब्यस्त छन्। जुनियर खेलाडीलाई आफ्नो अनुभव र संघर्षका पाटाहरु साटदै छन्। न साटुन पनि कसरी जुन संघर्षले उनलाई आज सफल बनाएको छ। त्यही सफलताको कथाले कुनै एक खेलाडीको आत्मबल बलियो बन्यो भने देशले सफलता पाउने नै हो। अझ सागरको देशले अवसर दिएमा केही गर्ने योजना पनि त छ। ‘मैले नेपालमा धेरै खेलाडीले दिन रात मेहनत गरेको देखेको छु। उनिहरुले राज्यबाट जुन सेवा सुविधा राम्रो नपाएर पदक दिलाउछन् सायदै कमै देशमा यस्तो हुन्छ। मेरो कुराले कुनै खेलाडीको जीवनमा हौसला आउन्छ भने मेरो अनुभव सुनाउन केही न राम्रो लाग्दैन। उसैपनि मेरो चाहना देशले मौका दिएमा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने भन्ने छ, सागरले भने।’

सागर सानैदेखि तेक्वान्दोको माहोलमा हुर्केका हुन्। उनका बुबा पनि तेक्वान्दो खेलाडी थिए। सानोमा उनलाई तेक्वान्दो खेल्ने हौसला बुबाबाट नै मिलेको थियो। तर, बुबाको भने खासै छोरा खेलकुदमा लागोस भन्ने चाहना थिएन। किनकी नेपाली खेलकुदको भविस्य देखि उनी राम्रो जानकार थिए। ‘उसोत कुन बुबाको चाहना हुन्न आफू लागेको खेलकुदमा रोराको रुचि होस भन्ने। मेरो बुबाको पनि थियो होला तर, उहाँले बाहिर देखाउनु भएन। किनकी उहाँलाई थाहा थियो खेलकुदमा लागेर भविस्य छैन भन्ने। पछि केही प्रतियोगिताको जित हारको कथाले नै उहाँको साथपनि पाए। बुबा नै हो मेरो सफलताको मुख्य पात्र, सागरले भने।’

सागरले राष्ट्रियस्तरका प्रतियोगिताहरुमा १२ स्वर्ण र ३ काँस्य पदक जित्नलेका छन्। सागरले नेपालमा रहदासम्म १६ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। जसमा सगरले ३ स्वर्ण, २ रजत र १ काँस्य पदक जितेका छन्। सागरले सातौं राष्ट्रिय खेलकुदमा आर्मी क्लबका लागि स्वर्ण पदक जित्दा राष्ट्रिय स्तरको सबभन्दा ठूलो पदक उनको नाममा राह्यो। १८औँ एसियाड अन्तर्गत तेक्वान्दोमा अन्तिम १६ मा पुग्नु पनि सगरका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा पाएको ठुलो सफलता थियो। ‘मैले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गरे। जसमा केही सफलता मिल्यो भने केहीमा सिक्ने अवसर। तर, समग्र रुपमा आफुलाई अब्बल खेलाडी सवित गर्ने मौका मैले पाए, सगरले भने।’

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर