काठमाडौं । काभा यु-२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ।
माल्दिभ्सको माले सिटीमा सोमबार सम्पन्न खेलमा नेपाल किर्गिस्तानसँग १४-२५, २२-२५, १३-२५ ले गुमायो ।
लिग चरणबाट किर्गिस्तानले दोस्रो र नेपालले तेस्रो स्थानमा रहेर सेमिफाइनल खेलेका थिए । लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३-० कै सेटमा पराजित भएको थियो ।
अब नेपालले तेस्रो स्थानका लागि बुधबार माल्दिभ्सको समाना गर्नेछ। बुधबार नै फाइनलमा किर्गिस्तान र श्रीलंका भिड्ने छन्।
पहिलो सेमिफाइनलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको थियो।



