काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रूपैयाँले घटेको हो। सोमबार १ लाख ४५ हजार रूपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। सोमबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर