काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको भाउ ४ सय रुपैयाँले घटेको छ।
आइतबार सुनको मूल्यले हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको थियो।
सोमबार भने प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भईरहेको छ।



