काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेले केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ।

बिहीबार र शुक्रबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ए ग्रेडमा केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने क्यानले जनाएको छ। यसअघि माघ १८ गतेको क्यानको बैठकले ए ग्रेडमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी र आशिफ शेख परिसकेका थिए।

त्यसैगरी ‘ग्रेड बी’ मा आरिफ शेख, कुशल भुर्तेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने ‘ग्रेड सी’ मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्। यसैगरी आजको क्यानले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्ता नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको