काठमाडौं । कोपा अमेरिका २०२४ मा कोलम्बिायाले विजयी शुरूवात गरेको छ। मंगलबार विहान सकिएको समूह डी को खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक एक गोल गर्दा पाराग्वेका लागि जुलियो इनसियोले एक गोल फर्काए।
जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक लिएको छ।
३२औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा डेनियल मुनोजले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
४२औं मिनेटमा रोड्रिगेजकै पासमा जेफरसनले गोल गर्दै अग्रता दाब्बर बनाए। ६९औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले रामोन सोसाको पासमा गोल गर्दै अन्तर कम गरे पनि हार टार्न पर्याप्त भएन।





