काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी गत शुक्रबार ९कारोबारको अन्तिम दिन० चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर