काठमाडौं । यूरोकप २०२४ मा अस्ट्रियाले सहज जित हासि गरेको छ।
समूह डी अन्तर्गत आफ्नो दोस्रो खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३–१ गोलले पराजित गरेको हो।
अस्ट्रियाको जितमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक
यता, क्रिजस्टोफ पियाटेकले गरेको एक गोल सान्त्वना बन्यो।
जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेको छ। पराजित पोल्यान्ड भने समान खेलबाट अंक विहिन रहेको छ।
खेलको नौँ मिनेटमा जेनोटको गोलबाट अष्ट्रियाले सुरुआती अग्रता बनाएको थियो। तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १–१ को बराबरी अबस्थामा आयो।
६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अष्ट्रिया खेलमा २–१ ले अघि बढ्यो।
७८औँ मिनेटमा अष्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३–१ जित दिलाए।





