काठमाडौं : शंकरापुर नगरपालिकामा राप्रपाबाट निर्वाचित मेयर रमेश नापित स्वेचछाचारी ढँगले अघि बढ्न खोजेका छन् । नगरसभा पूर्वनै नगरसभाको निर्णय अनुमोदन माइन्युट तयार गरी नगरसभामा छलफल नै नगरी तयार पारिएको माइन्युटमा जबरजस्ती हस्ताक्षर गरेर मात्र नगर सभाको हलभित्र प्रवेश गराउन खोजेपछि विवाद भएको छ । मेयर नापितले उपमेयर सहित बहुसँख्यक वडा जितेको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई नगरसभामा बोल्न नदिएर निरंकुशता लादेका छन् ।नगरपालिकाको उपप्रमुख र नगरसभा सदस्यलाई नै प्रवेश निषेध गरेर मेयर नापितले स्वेच्छाचारिकता देखाएका हुन् । नगरसभामा अघिल्लो आर्थीक वर्षको समिक्षा र आउँदो आर्थीक वर्षको योजनाबारे छलफल मा सहभागि हुनुपर्ने बहुसँख्यक सदस्यले नै नगरसभामा प्रवेश पाएनन् । पञ्चायतमा दादागिरी चलाएको राप्रपाले शंकरापुर नगरपालिकामा त्यस्तै हर्कत दोहोर्याएको भन्दै आलोचना भएको छ ।

उप–प्रमुख समिता श्रेष्ठ सहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई नगरसभामा प्रवेश नदिइकनै आर्थीक वर्ष २०८०\८१ को कार्यक्रमको बिवेचना र र २०८१\८२ को योजनामा कुनै पनि छलफल नगरी मेयर एकलौटी ढँगले अघि बढेपछि विवाद चर्किएको छ । तानाशाही, एकलौटी स्वइच्छाचारी ढंगले कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको घेराभित्र बसेर नगरसभा गरिएको भन्दै उपमेयरसहितले विज्ञप्ति जारी गरेर आपत्ति जनाएका छन् । ‘यस्तो निन्दनिय कार्यको सभा स्थलमा हामी नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिले नगर सभामा प्रवेश गरेर छलफलमा सहभागी भएर मात्र निर्णय माइन्युटमा हस्ताक्षर गर्ने अडान लिएपछि शंखरापुर नगरपालिकाका उप–प्रमुख समिता श्रेष्ठ सहित नेपाली कांग्रेसबाट निर्वाचित तल हस्ताक्षर गरिएका जनप्रतिनिधिहरुलाई नगरसभामा प्रवेश नदिइकनै आ।ब। २०८०\८१ को कार्यक्रमको बिवेचना र छलफल एवम् आब २०८१\८२ को योजनामा कुनै पनि छलफल नगरी तानाशाही, एकलौटी स्वइच्छाचारी ढंगले कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको घेराभित्र बसेर नगरसभा गरिएको प्रति हामी नगर सभा सदस्य घोर भत्सर्ना गर्दछौं ,’ विज्ञप्तिमा भनिएको छ ।

काठमाडौं क्षेत्र नम्वर २ कांग्रेसका सभापती कविर शर्माले शंकरापुरमा भएकाे आजकाे घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएकाे बताए । अलाेकतान्त्रिक र स्वेच्छााचारी गतिविधिविरूद्द कांग्रेसबाट निर्वाचित उपप्रमुखसहितका जनप्रतिनिधिले गरेकाे विद्राेहलाई क्षेत्रीय समितिले साथ दिने भन्दै गलत कार्यकाे सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिए । शंकरापुर कांग्रेसका नगर सभापति दिलिप श्रेष्ठले पनि मेयरको स्वेच्छाचारितामा मौन नबस्ने ताए ।
के छ विज्ञप्तीमा ?
नेपाली जनताको त्याग, तपस्या र अमर शहिदहरुको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा तीन तहको संघिय, प्रादेशिक र स्थानीय सरकारले देश र जनतालाई अधिकार सम्पन्न बनाएको अवस्था छ । सिंहदरबारको शासन जनताको घर आँगनमा पुर्याएको यो अवस्थामा काठमाडौँ जिल्ला, शंखरापुर नगरपालिका आफैँमा स्थानीय वासिन्दाको आन्दोलनबाट स्थापित भएको कुरा हामी सम्पुर्ण नगरबासीलाई अवगत नै छ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सदैव शंखरापुर नगरपालिका भित्र हुनेगरेका रचनात्मक तथा विकास निर्माणका क्रियाकलापहरुलाई समर्थन गर्दै आएको र आगामी दिनमा पनि यस प्रकारको सहयोग निरन्तर रहनेछ । नेपाली कांग्रेसबाट निर्वाचित हामी जनप्रतिनिधिहरु जस्तोसुकै परिस्थितिमा दलिय स्वार्थभन्दा माथि र व्यक्तिगत स्वार्थका विरुद्ध जनताका मुद्दा, आकांक्षा र चाहनालाई एकमुष्ठ गरि शक्ति बनेर उभिएको यथार्थबाट नगरवासीहरु अनविज्ञ छैनन् । नेपालको संविधान अनुसार सार्वभौमसत्ता जनतामा निहित रहेको कुरालाई जनतानै प्रमुख शक्ति मानेर नेपाली कांग्रेस र हामी जनप्रतिनिधि सदैव जनताको पक्षमा उभिएका छौं ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट यस नगरपालिकामा उप–प्रमुख सहित ४ वडामा जनताले निर्वाचित गराई पहिलो शक्तिको रुपमा स्थापीत दल हो । गएको आठौं र नवौं नगर सभामा पनि हामीले जनताका आवाज र मुद्धा उठाउन खोज्दा बोल्न नदिइ एकपक्षीय रुपमा स्वेच्छाचारी ढंगले नगर सभा नगर प्रमुखले गरेका थिए । आज मिति २०८१ असार ७ गते आ।ब। २०८१÷०८२ नगर सभा गर्न आयोजना गरिएको पूर्व वैठकमा नगरसभामा जनचासो र शंखरापुरको सर्बाङ्गिण बिकासका लागि उपयोग गर्ने हेतुले पटक पटक नगर प्रमुख, उप–प्रमुख सहित अन्य कार्यपालिका सदस्यहरु सम्मेलित वैठकमा हामीलाई बेवास्ता गर्दै समझदारी, सहमति र एकता भन्दा बाहिर स्वेच्छाचारी र एकपक्षिय ढंगले नगर सभा गर्ने नियोजित कार्य नगर प्रमुखको अगुवाईमा यस नगरपालिकामा भएको छ । नगरसभा पूर्वनै नगरसभाको निर्णय अनुमोदन माइन्युट तयार गरी नगरसभामा छलफल नै नगरी तयार पारिएको माइन्युटमा जबरजस्ती हस्ताक्षर गरेर मात्र नगर सभाको हलभित्र प्रवेश गराउन खोज्नु लोकतान्त्रिक विधिको बर्खिलाप रहेकोे यस्तो निन्दनिय कार्यको सभा स्थलमा हामी नेपाली कांगे्रसबाट निर्वाचित जनप्रतिनिधिले नगर सभामा प्रवेश गरेर छलफलमा सहभागी भएर मात्र निर्णय माइन्युटमा हस्ताक्षर गर्ने अडान लिएपछि शंखरापुर नगरपालिकाका उप–प्रमुख समिता श्रेष्ठ सहित नेपाली कांग्रेसबाट निर्वाचित तल हस्ताक्षर गरिएका जनप्रतिनिधिहरुलाई नगरसभामा प्रवेश नदिइकनै आ।ब। २०८०/८१ को कार्यक्रमको बिवेचना र छलफल एवम् आब २०८१\८२ को योजनामा कुनै पनि छलफल नगरी तानाशाही, एकलौटी स्वइच्छाचारी ढंगले कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीको घेराभित्र बसेर नगरसभा गरिएको प्रति हामी नगर सभा सदस्य घोर भत्सर्ना गर्दछौं । यो किसिमको अलोकतान्त्रिक कदमप्रति विरोध जनाउँदै तत्काल नगर सभा स्थगनको माग पनि गर्दछौँ । जनताद्धारा निर्वाचित जनप्रतिनिधि नगर सभासदस्यहरु सभाहल भित्र छिर्न नदिई कर्मचारीहरुलाई राखेर नगरसभाको बैठक राखेको प्रति सम्पूर्ण नगर बासीहरुलाई ध्यानआर्कषण गर्न चाहन्छौं । नेपालको संविधान २०७२ एवम् स्थानीय सरकार संचालन ऐन २०७४ प्रति हामी सधै सचेत एवम् संवेदनशिल रहेका छौं ।
नगर उप प्रमुख– समिता श्रेष्ठ
वडा नं ४ अध्यक्ष – सुना बहादुर तामाङ
वडा नं ९ अध्यक्ष – सहदेव श्रेष्ठ
नगर सदस्य
वडा नं ४– सम्झना परियार
वडा नं ४– गोपिनी तिवारी
वडा नं ४– दिपक गौतम
वडा नं ४– जित बहादुर मोक्तान
वडा नं ९– सर्मिला परियार
वडा नं ९– मन देवि श्रेष्ठ
वडा नं ९–मिलन खड्का



